काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालका चिकित्सकहरुलाई सेवामा आलोपालो गर्न आग्रह गरेको छ। कोरोनाभाइरस महाव्याधिका कारण स्वस्थ्य सेवा प्रवाहमा असहजता भइरहेका बेला सरकारले दुई टोली बनाई साप्ताहिकरूपमा शिफ्टमा काम गर्न आग्रह गरेको हो।
एउटा समूहले एउटा हप्ता र अर्को समूहले अर्को हप्ता गरी सेवा दिन मन्त्रालयले भनेको छ।सोमवारको सचिवस्तरीय निर्णयानुसार मन्त्रालयले अस्पतालहरूमा चिकित्सकहरूको २ टोली बनाई शिफ्टमा काम लगाउन निर्देशन दिएको छ ।