थप ९० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७७२ पुग्यो



काठमाडौं : नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ सय ७२ पुगेको छ । मंगलबार स्वास्थ्य मन्त्रालयले विभिन्न जिल्लामा थप ९० जनामा संक्रमण देखिएको जनाएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। विकास देवकोटाले विभिन्न जिल्लाका थप ९० जनामा संक्रमण देखिएको जानकारी दिएका हुन् ।

मंगलबार संक्रमण पुष्टि हुनेहरुमा कपिलवस्तुका २६, रौतहटका २२, सुर्खेतका १२ जनासहित विभिन्न जिल्लाका ९० जना रहेका छन् ।

हालसम्म संक्रमण पुष्टि भएकाहरुमध्ये १५५ जना निको भएका छन् भने बाँके, सिन्धुपाल्चोक, गुल्मी र बाराका एक/एक गरी ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्