स्याङ्जामा पहिलो पटक कोरोना संक्रमणको पुष्टि



काठमाडौं : गण्डकी प्रदेशको स्याङ्जामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले स्याङ्जामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
आज पोखरामा गरिएको स्वाब परीक्षणका क्रममा स्याङ्जाको वालिङका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने सबै जना चिकित्सकको निगरानीमा रहेका छन् । आज मात्रै यी दुईसहित नेपालमा थप ९० जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्