खोटाङका तत्कालीन मालपोत प्रमुखसहित ९ जनाविरुद्ध मुद्दा दायर



खोटाङ : अख्तियारले दिक्तेलको सरकारी जग्गा व्यक्ति विशेषको नाममा दर्ता गराउने मालपोत कार्यालय, नापी कार्यालयका कर्मचारीसहित नौ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

अख्तियारले मालपोत प्रमुख यदुनाथ दाहाल, नापी विभागका प्रमुख सियाकान्त चौधरी, मालपोत अधिकृत कटक बहादुर खत्री, मालपोत कार्यालयमा ना.सु. भिम बहादुर खत्री, तत्कालीन खरिदार टेक बहादुर खड्का, जग्गाधनि गजेन्द्रकुमार थापा, रामबहादुर थापा, तत्कालीन नापी कार्यालयका अमिन गणेश कुमार खिडहरी, जग्गा मालपोत कार्यालय खोटाङका कर्मचारी टेक बहादुर खड्का र मालपोत कार्यालय खोटाङका तत्कालीन ना.सु. चन्द्र बहादुर कार्कीको मिलेमतोमा सार्वजनिक जग्गा व्यक्तिको बनाएको अख्तियारले जनाएको छ।

कित्ता नम्बर १३७ र ८१५को छुट जग्गा दर्ता गराउँदै उनीहरुले ४ लाख ९२ हजार २ सय रुपैया भ्रष्टाचार गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्