ब्राजिलमा २३ हजारको मृत्यु



एजेन्सी : ब्राजिलमा बितेको २४ घण्टाभित्र ११ हजारभन्दा बढी नयाँ कोरोनाभाइरसबाट संक्रमित व्यक्ति फेला परेका छन् । योसहित ब्राजिलमा कूल संक्रमितको संख्या तीन लाख ७४ हजार ८९८ पुगेको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८०७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सहित ब्राजिलमा कोरोनाभाइरसबाट संक्रमण भएर मृत्यु हुनेको संख्या २३ हजार ४७३ पुगेको छ । दक्षिण अमेरिकी मुलुकहरुमध्ये ब्राजिलमा सबैभन्दा बढी मानिसको संक्रमणबाट निधन भइसकेको छ ।

विश्वमै संयुक्तराज्य अमेरिकापछि कोरोनाभाइरसबाट सर्बाधिक प्रभावित दोस्रो मुलुक ब्राजिल हो । अमेरिकामा कूल संक्रमितको संख्या १७ लाख नाघिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्