खानेपानी अन्डरग्राउण्ड टेङ्कीको सिलान्यास



सुखडः कैलालीको घोडाघोडी नगरपालिका २ साडेपानीमा खानेपानीका लागि अन्डरग्राउण्ड टेङ्कीको सिलान्यास गरीएको छ ।

प्रदेश पुर्वाधार विकास कार्यक्रम अन्र्तगत साडेपानीमा खाने पानी अन्डरग्राउण्ड टेङ्की सिलान्यास गरीएको हो । ५५ लाखमा बन्न लागेको टेङ्की सूदुरपश्चिम प्रदेशका संसाद अमर बहादुर साउँदले सिलान्यास गरेका हुन् ।

सुखड दरख खानपानी उपभोक्ता तथा सरसफाई समितिको आग्रह र सांसद अमर बहादुर साउँदको पहलमा टेङ्की बन्न लागेको हो । सबै नागरीकहरुलाई २४ सैं घण्टा स्वच्छ खानेपानी वितरण गर्नको लागि अन्डरग्राउण्ड टेङ्की बन्न लागेको सुखड दरख खानेपानी उपभोक्ता तथा सरसफाई समितिले जनाएको छ ।

सुखडमा २ लाख र साडेपानिमा २ लाख क्षमताको खानेपानी अन्डरग्राउण्ड टेङ्की भए पनि सबै उपभोक्ताहरुले पिउन पाएका छैनन् । ५ लाख लिटर क्षमता भएको टेङ्की बनेपछि करिब २४ सैं घण्टा उपभोक्ताहरुलाई पानी वितरण गर्न सकिने समितिले अपेक्षा गरेको छ ।

असार मसान्तसम्म निमार्ण गरी सक्ने सुखड दरख खानेपानी उपभोक्ता तथा सरसफाई समितिले जनाएको छ । शिलान्यास कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीसमेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्