रुकुम घटनाको निष्पक्ष छानबिन गरि दोषिलाई कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन



काठमाडौं : पश्चिम रुकुमको चौरजहारी घटनाको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।

पश्चिम रुकुमको घटनाको निष्पक्ष छानबिन गरि दोषिलाई कारबाही गर्न माग गर्दै मंगलबार दलित अधिकारकर्मी र विभिन्न क्षेत्रका व्यक्तिहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

नेपाली कांग्रेसका पूर्व सांसद राजिवविक्रम शाही र दलित आयोगका पूर्व सदस्य मञ्जित ताम्राकार लगायतको उपस्थिति प्रदर्शन भएको हो ।

अहिलेको २१ औं शताब्दीमा पनि जातीय विभेदका नाममा हुने यस्ता अमानविय घटनाहरुको निष्पक्ष छानबिन गरि दोषिलाई कारबाही गर्नुपर्ने माग उनीहरुले गरेका छन् ।

दलित आयोगका पूर्व अध्यक्ष ताम्राकारले मृतकलाई शहिद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिलाउनुपर्ने र पीडकलाई कडा कारबाही गर्नुपर्ने बताए ।

उनीहरुले ‘दोषि लाई मुलुकी अपराध संहिता, २०७४ र छुवाछुत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८ अन्तर्गत कानुनी दायरामा ल्याई हदै सम्मको सजाय माग गर्दछौं, नवराज विक हत्या प्रकरणका दोषि कानुनको दायरामा ल्याई कडा भन्दा कडा कारबाही गरियोस्’ लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

शनिबार पश्चिम रुकुममा प्रेमिकासँग विवाह गर्न साथीसहित आएका जाजरकोट भेरी नगरपालिकाका नवराज विकसहित ३ जनाको केटी पक्षको आक्रमणबाट जोगिन नदीमा हामफाल्दा मृत्यु भएको थियो । तीन जना बेपत्ता छन् भने १२ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्