विश्व पारा पावरलिफ्टिङमा तीन नेपाली खेलाडीले सहभागिता जनाउने



काठमाडौं : अनलाईन विश्वकप सिरिजमा तीन नेपाली खेलाडीले सहभागिता जनाएका छन् ।
विश्व पारा पावरलिफ्टिङ अर्गनाइजेसनको दोस्रो अनलाईन विश्वकप सिरिजमा तीन नेपाली खेलाडीले सहभागिता जनाएको प्रशिक्षक संजय महर्जनले जानकारी दिए ।

सिरिजमा नेपाली खेलाडीहरु निर्मला भण्डारीले ५५ केजी समूहमा, दुर्गामान तामाङ्गले ८० केजी र शरद पौड्यालले ९० केजी तौल समूहमा प्रतिस्पर्धा गरेका छन् । सिरिजमा प्रतिस्पर्धा गर्ने खेलाडीहरुले अनलाईन वरीयता प्राप्त गर्नुका साथै प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्