नवराज विकको न्यायको लागि बोले पूर्वराजा शाह, भन्छन्- ‘हत्या घोर निन्दनिय छ’



काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले नवराज विकको हत्यामा संलग्न सबैलाई कारबाहीको माग गरेका छन् ।

कसैको जात, धर्म र वर्णका आधारमा छुवाछुत गर्नु वा गर्न प्रेरित गर्नु मानवता विरोधी कर्म भएको भन्दै कसैको हत्या हुनु घोर निन्दनिय रहेको उनले बताएका छन् ।

ट्वीट गर्दै उनले राजनैतिक वा सामाजिक संरक्षणमा यस्तो कार्य हुनु समुच्च मानव जातिका लागि नै कलंकको विषय रहेको बताएका हुन् ।

उनले लेखेका छन्– ‘कसैको जात, धर्म र वर्णका आधारमा छुवाछुत गर्नु वा गर्न प्रेरित गर्नु मानवता विरोधी कर्म हो। अझै कसैको हत्या हुनु घोर निन्दनिय छ। राजनैतिक वा सामाजिक संरक्षणमा यस्तो कार्य हुनु समुच्च मानव जातिका लागि नै कलंकको विषय हो। यस्तो अक्षम्य अपराधमा संलग्न सबैलाई तत्काल उचित कार्वाही होस्।’

शनिबार पश्चिम रुकुमको चौरजहारी नगरपालिकामा विक आफनो प्रेमिकालाई लिन गएका थिए र उनीहरूलाईबीच बाटोमै आक्रमण गरिएको थियो । विकसहित अन्य २ को पनि मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता रहेका छन् । केही घाइते भएका थिए । घाइतेहरू उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्