सप्तरीमा थपिए ११ जना कोरोना संक्रमित



काठमाडौं– प्रदेश २ को सप्तरीमा मंगलबार साँझ ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बोदेबरसाईन नगरपालिकामा ८ जना, बलान विहुल गाउँपालिकाको २ जना र सुरुगां नगरपालिकाको १ जना गरेर ११ जना संक्रमित थपिएका हुन् ।

योसंगै प्रदेशमा संक्रमितहरूको संख्या २ सय ७९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्