मार्चमा सामसुङ ग्यालेक्सी एस १० आउने 



एजेन्सी: दक्षिण कोरियाको मोवाइल उत्पादक कम्पनी सामसुङले आफ्नो नयाँ फ्लागसीप स्मार्टफोन बजारमा ल्याउने भएको छ ।  सामसुङले ग्यालेक्सी एस १० आगामी मार्च ८ मा लञ्च गर्ने तयारी गरेको जनाएको हो । सामसुङको अमेरिकी वेबसाइटले प्रिमियम फोनको प्रि–अर्डर लिन सुरु गरेको छ । 

अमेरिकामा सामसुङले पछिल्लो पटक रिलिज भएको डिभाइसलाई अपग्रेड गर्दै ग्यालेक्सी एस १० मा ५५० डलर छुट दिने भएको छ । कोरियाली बजारमा मार्च ८ मा ग्यालेक्सी एस १० लञ्च हुनेछ । प्रि अर्डर गरेका ग्राहकले फोनको औपचारिक लञ्च हुनु भन्दा ४ दिन अघि नै उक्त स्मार्टफोन पाउने छन् । ग्यालेक्सी एस १० सँगै ठूलो स्क्रिनयुक्त एस १० प्लस र सस्तो मोडेलको एस १० इ पनि लञ्च हुनेछ ।

ग्यालेक्सी एस १० मा ट्रिपल रियर क्यामरा सेटअप हुन्छ । यसमा दुईवटा १२ मेगापिक्सेल र एउटा १६ मेगापिक्सेलको सेन्सर हुन्छ । १२ मेगापिक्सेल क्यामरामा टेलिफोटो लेन्स हुन्छ जसले अटोफोकस फिचर पनि सपोर्ट गर्छ । ग्यालेक्सी एस १० इ मा १२ र १६ मेगापिक्सेल गरी दुईवटा मूख्य क्यामरा हुन्छ । त्यस्तै ग्यालेक्सी एस १० प्लसमा पनि ट्रिपल क्यामेरा सेटअप रहेको छ जसको स्पेसिफिकेसनहरु ग्यालेक्सी एस १० जस्तै हुन्छ । ग्यालेक्सी एस १० सँगै सामसुङले वायरलेस इयरफोन पनि लञ्च गर्ने भएको छ । 

प्रतिक्रिया दिनुहोस्