कुखुरा आयात रोक्न किसानको माग



कैलाली: अण्डा, मासु लगायत कुखुराजन्य उत्पादन प्रदेश बाहिरबाट आयात नगर्न सुदूरपश्चिमका किसानले सरकारसँग माग गरेका छन् ।  सुदूरपश्चिम मासुमा आत्मनिर्भर रहेको र आयात गर्दा किसानहरु मारका पर्ने भएकोले आयातमा कडाइ गर्न उनिहरुले सरकारसँग माग गरेका हुन् ।

साथै व्यवसायीहरुले अण्डा र कुखुराको मुल्य पनि निर्धारण गरेका छन् । बोइलर जिउँदो फर्म रेट दुई सय दश, अण्डा ठुलो प्रति पेटी दुई हजार र मध्यम १९ सय कायम गरिएको छ । तोकिएको मुल्यमा बिक्री नगरेको पाइए कारबाही गरिने संघका अध्यक्ष भुवन पाण्डेले बताए ।  कुखुरा पालक किसानले सिमा क्षेत्रमा हुने अवैध तस्करी रोक्न पनि माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्