ब्राजिलमा कोरोना भाइरसको संक्रमणले २४ हजारभन्दा बढीको मृत्यु



एजेन्सी : करिव पाँच महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा २४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार २७ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २४ हजार ५४९ पुगेको छ ।

एकै दिन १५ हजार ६९१ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ३ लाख ९२ हजार ३६० पुगेको छ ।

२ लाख ९ हजार २१८ जनाको उपचार भइरहेको छ भने १ लाख ५८ हजार ५९३ जना संक्रमण मुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्