निलगाई मारेको आरोपमा एकजना पक्राउ



जनकपुर :  जंगली निलगाई मारेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. ४ स्थित मुसहर टोलका १५ बर्षिय सरफराज अन्सारीलाई प्रहरीले निलगाई मारेको आरोपमा पक्राउ गरेको हो ।

जंलबाट आएका निलगाई खेतमा भेटिएपछि मारेर फालेको जानकारी पाएपछि प्रहरी चौकी पर्सापतैलीबाट खटिएको प्रहरी टोलीले अन्सारीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको प्रदेश २ को प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

अन्सारीबाहेक त्यस घटनामा संलग्न अन्य ंव्यक्ति फरार भएको र उनीहरुको खोजतलास भइरहेको जनाइएको छ । 

    

 

प्रतिक्रिया दिनुहोस्