सर्लाहीमा बाबुको हत्या आरोपमा छोरा पक्राउ



सर्लाही : सर्लाहीको बसबरिया गाउँपालिकामा गएराति एक वृद्धको घरेलु धारिलो हतियार प्रहारबाट हत्या भएको छ ।

बसबरिया गाउँपालिका–५ धनगढा निवासी ७५ वर्षीय रामअधिन रायको धारिलो हतियार प्रहारबाट मृत्यु भएको सर्लाहीका डीएसपी मदन कुँवरले जानकारी दिए ।

आफ्नै आँपको बगैँचामा सुतिरहेको अवस्थामा वृद्धको हत्या भएको उनले जानकारी दिए । बाबुलाई हत्या गरेको आरोपमा मृतकका कान्छो छोरा ४० वर्षीय विनोद रायलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै घरमा खाटमुनि लुकेको अवस्थामा आज बिहान विनोदलाई पक्राउ गरिएको बसबरिया गाउँपालिकाका अध्यक्ष रामअयोध्या रायले जानकारी दिए ।

जग्गा जमिनको विषयलाई लिएर उनीहरूको घरमा लामो समयदेखि झैझगडा हुदै आएको रायको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्