पर्सामा थप २१ जना कोरोना मुक्त भएर घर फर्किए



वीरगञ्ज : पर्सामा थप २१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । नारायणी कोभिड अस्पतालकै शाखाको रुपमा सञ्चालित गण्डक अस्पतालमा उपचाररत २१ संक्रमित कोरोना मुक्त भएर डिस्चार्ज भएका हुन् । उनीहरुलाई मंगलबार राति नै डिस्चार्ज गरिएको हो ।

गण्डक अस्पतालबाट डिस्चार्ज भएकाहरुलाई वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी र स्वास्थ्यकर्मीहरुले फूल दिएर विदाई गरेका थिए ।

लगातार दुई वटा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएकाले उनीहरुलाई डिस्चार्ज गरिएको डा. उदय नारायण सिंहले जानकारी दिए ।

६ महिलासहित ३० जना संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गरिएको थियो । जसमध्ये २१ जना डिस्चार्ज भएका छन् भने ९ जना अझै उपचाररत छन् ।

यसअघि नारायणी अस्पतालमा भर्ना ७२ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । आइतबार १८ जना र सोमबार ४३ जना डिस्चार्ज भएका थिए ।

प्रतिक्रिया दिनुहोस्