बर्दियाको क्वारेन्टाइनमा एक व्यक्तिको मृत्यु, बबई क्याम्पस सिल



बर्दिया : गुलरियाको बबई बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ ।

मंगलबार राति ८ बजे गुलरिया नगरपालिका–९ का ५५ वर्षीय पुरुषको क्वारेन्टाइनमा मृत्यु भएको स्वास्थ्य अधिकृत सुनिल पाण्डेले जानकारी दिए ।

अछाममा मजदुरी गरी फर्केका १६ जनामध्ये ती पुरुष बबई क्याम्पसको क्वारेन्टाइनमा थिए । उनको मृत्यु भएपछि बबई क्याम्पस सिल गरिएको छ ।

उनको शव जिल्ला अस्पताल गुलरियामा ल्याई स्वाब संकलन गरी पठाउने तयारी भएको स्वास्थ्य अधिकृत पाण्डेले जनाए ।

उनीसँग आएका ४ जना आधारभूत विद्यालय खैरीको क्वारेन्टाइनमा छन् भने अन्य १४ जनासहित २९ जना बबई बहुमुखी क्याम्सको क्वारेन्टाइनमा छन् ।

प्रतिक्रिया दिनुहोस्