पश्चिम रूकुमको घटना अति राजनीतिकरण र जातीयकरण नगरियोस्- सांसद झाँक्री



काठमाडौं– नेकपाकी नेतृ एंव प्रतिनिधि सभा सांसद रामकुमारी झाँक्रीले पश्चिम रूकुमको घटना प्रकरण अति राजनीतिकरण र जातीयकरण गरियो भने न्याय मर्ने बताएकी छन् ।

सामाजिक सञ्जाल मार्फत उनले राजनीतिकरण र जातीयकरणले अधिकार, कुनै पनि ब्यक्तिको संरक्षक सुरक्षाको हक मर्ने र अपराधिरकरणले जित्ने र कानुनले नै हार्ने बताएकी हुन् ।

उनले घटनाको अति राजनिती र जातिय करण बन्द गर्न पनि सुझाएकी छन् ।

यस्तो छ उनको स्टाटसः
मलाई डर लागेको विषयः बालिका निर्मला पन्तको बलत्कारी र हत्यारा कथित ‘हाईप्रोफाईल’ खोज्ने नाममा अत्यधिक राजनितीकरणको कारण बास्तविक हत्यारा छाती खोलेर हिडेको छ आजसम्म। नेपाल प्रहरीमा अब्बल अनुसन्धान कर्ता मानिने अंगुर जीसीहरू निलम्बनमा छन,अदालतमा मुद्धा खेपी रहेका छन्।

पश्चिम रूकुमको घटना प्रकरण पनि अति राजनितीकरण र जातियकरण गरियो भने त्यहाँ न्याय मर्नेछ,अधिकार मर्नेछ, कुनै पनि ब्यक्तिको संरक्षक सुरक्षाको हक मर्नेछ। र, अपराधिरकरणले जित्ने र कानुनले नै हार्नेछ।

त्यसकारण घटनाको अति राजनिती र जातिय करण बन्द गरौ । निश्पक्ष छानविन गरी घटनाको सत्य तथ्य बाहिर ल्याउन र अनुसन्धान गरी दोषि माथि हदैसम्मको कारवाहीको लागि राज्यलाई सहयोग गरौ।

निश्पक्ष अनुसन्धान गर्ने वातारण बनाउनु हामी सबै नागरिको कर्तव्य हो।
यो घटनालाई गÞलत दिशातर्फ मोडियो र मिस लिड गरियो भने प्रवृति निर्मलाको काण्ड जस्तै हुने खतरा पनि छ।

कतै हामीले उस्तै गरी यो घटनालाई उत्तेजित बनाउन सहयोग त गरेका छैनौ? नागरीकको कर्तव्य त पुरा गरौं।

प्रतिक्रिया दिनुहोस्