‘फोहोर नउठाए आन्दोलन’



जनकपुरधाम: जनकपुर उपमहानगरपालिका ८ का स्थानीयवासीले २४ घण्टा भित्र सम्बन्धित निकायले फोहोर नउठाए आन्दोलन गर्ने चेतावनी दिएका छ्न । दशरथ टोल सुधार समितिको अगुवाइमा स्थानीयवासिन्दाले वडा अध्यक्ष रमेश ठाकुरलाई ज्ञापनपत्र बुझाउंदै २४ घण्टा भित्र संकलित फोहोर नउठाए आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।

टोल सुधार समितिले प्रत्येक घरधनीसँग महिनाको २ सय रुपैयाँ लिई फोहोर संकलन गर्दै आएको छ । वडामै रहेको खाली ठाउंमा फोहोर संकलन हुँदै आएको छ । महिनौदेखि फोहोर नउठेपछि स्थानीयवासीले आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

उपमहानगरपालिकाका अधिकारीहरुले भे यसबारे आफूलाई थाहा नभएको बताउंदै पन्छिने प्रयास गरेका छन् । वडा अध्यक्ष ठाकुरले आफूसँग श्रोत साधन नभएकोले फोहोर उठाउन नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्