बागलुङका दुई क्वारेन्टाइनमा ६ जनामा कोरोना संक्रमण फेला



पोखरा : बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुको रोपोर्ट पोजेटीभ देखिएको हो ।

उनीहरु हालैमात्र भारतबाट आएका हुन् ।

बडीगाड गाउँपालिकाको एक विद्यालयको क्वारेन्टाइनमा रहेका २ र तमानखोला गाउँपालिकाको अर्को विद्यालयको क्वारेन्टाइनमा बसेका ४ जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ ।

कोरोना संक्रमणको पुष्टि गर्दै केहीबेरमा प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गर्ने गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.बिनोदबिन्दु शर्माले बताए ।

संक्रमितलाई धौलागिरी अञ्चल अस्पतालमा उपचारका लागि ल्याउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्