दुर्घटनामा घाइते सीडीओ भट्टराईको निधन



काठमाडौं :  बारा जिल्लामा भएको जिप दुर्घटनाका घाइते बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको निधन भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको उनका कान्छा भाइ सञ्चारकर्मी नरेश भट्टराईले जानकारी दिए ।

गत माघ १२ गते वनभोज कार्यक्रम सकेर फर्कने क्रममा उनी सवार ना १ झ १६३३ नम्बरको जिप दुर्घटना भएको थियो । त्यसक्रममा सशस्त्र प्रहरी बल बाराका एसपी बलराम पोखरेलको भने घटनास्थलमै मृत्यु भएको थियो । उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

घटनामा भट्टराईसहित अन्य तीनजना घाइते भएका थिए । 

प्रतिक्रिया दिनुहोस्