नियन्त्रित लागूऔषध र २ लाख ३७ हजारसहित एक जना पक्राउ



सुनसरीः सुनसरीमा नियन्त्रित लागूऔषध र २ लाख ३७ हजारसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-९ बगैंचा टोलका ४१ वर्षीय शुभचन्द्र राई हुन् । उनको साथबाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन प्लस १ हजार २८० क्याप्सुल, नाइट्रोसन ३ सय ट्याब्लेट, एक सय एमएलको डाइलेक्स डीसी ८० बोतल र नगद २ लाख ३७ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धरानबाट अनुसन्धानका लागि खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त परिमाणको लागूऔषध र नगद फेला पारेको हो ।

प्रतिक्रिया दिनुहोस्