दलितको सामुदायिक भवन निधिद्वारा शिलान्यास



जनकपुरधाम: जनकपुरधाम उपमहामनरपालिका २४ मा निर्माण हुने दलित सामुदायिक भवनको शिलान्यस गरिएको छ । आज एक समारोहबीच नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले भवन शिलान्यास गरेका हुन् ।

प्रदेश २ की प्रदेश सभा सदस्य प्रमिलादेवी दासको संसदीय क्षेत्र बिकास कार्यक्रमको बजेटबाट साढे ८ लाख रुपयाँ लागतमा सोनापाडामा दलित सामुदायिक भवन निर्माण गर्न लागिएको हो । कार्यक्रममा निधिले सामुदायिक भवन निर्माण भएपछि दलित समुदायलाई सामुदायिक कार्यक्रम गर्न सहज हुने बताए ।

कार्यक्रममा कांग्रेसका प्रदेश संसदीय दलका नेता रामसरोज यादव, नगर संयोजक मनोज साह लगायत उपस्थित थिए । 

प्रतिक्रिया दिनुहोस्