जनरल इन्स्योरेन्स नेपालको दोस्रो साधारण सभा आव्हान



काठमाडौंः नयाँ निर्जीवन बीमा कम्पनीको रूपमा सञ्चालित जनरल इन्स्योरेन्स कम्पनी नेपालले दोस्रो वार्षिक साधारण सभा जेठ २३ गते बोलाएको छ ।

कम्पनीले यस अघि चैत १४ गते उक्त सभा गर्ने तयारी गरेको थियो । लकडाउनका कारण स्थगित भएको कम्पनीको सभा पुनः आव्हान गरिएको छ ।

सभाले आर्थिक वर्ष २०७५-७६ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि वाह्य लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने भएको छ ।

साथै सञ्चालक समितिका पदाधिकारीहरुको सुविधाको विषयमा पनि छलफल गरी पारित गर्ने कार्यक्रम सभाका लागि तय भएको छ । कोरोना संक्रमणकै समयमा सभा गर्न लागिएकाले विशेष सावधानी अपनाएर सभा गर्न लागेको उक्त कम्पनीले जानकारी दिएको छ ।

सभामा उपस्थित हुनेहरुले सामाजीक दुरी कायम गरि बनाईएको कुर्सीमा अनुशासन पुर्वक बस्नुपर्ने व्यवस्था मिलाइएको कम्पनीले बताएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय हात्तीसार,काठमाडौंमा विहान ११ बजेबाट शुरु हुनेछ ।

उक्त कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सर्वसाधारणका लागि ३० करोड बराबरको आईपीओ जारी गर्ने तयारी गरेको उक्त कम्पनीको हाल ७० करोड चुक्तापूँजी रहेको छ ।

उक्त कम्पनीले आईपीओ जारी गरेपछि संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारण तर्फ ३० प्रतिशत शेयर स्वामित्व कायम गर्नेछ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव भने गत साउन २९ गते सम्पन्न पहिलो वार्षिक साधारण सभाबाट पारित गरी प्रक्रिया अघि बढाएको छ ।

उक्त कम्पनीले आईपीओ विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरिसकेको छ । यस वर्षको तेस्रो त्रैमाससम्म उक्त कम्पनीले ३ करोड ७ लाख खुद नाफा गरेको छ भने ४१ करोड ६१ लाख कुल बीमाशुल्क आर्जन गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्