कञ्चनपुरको एक क्वारेन्टाइनमै वडा अध्यक्षको मृत्यु



धनगढीः कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका एक जना वडा अध्यक्षको मृत्यु भएको छ ।

जिल्लाको कृष्णपुर नगरपालिका वडा नं.७ का वडा अध्यक्ष कल्लु रानाको गएराति मृत्यु भएको हो ।

वडा नं.७ कै राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका ५८ वर्षिय वडा अध्यक्ष राना एक्कासी बेहोस भएका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय रैकवारविचवाका प्रहरी नायव निरीक्षक भीमसिंह धामीले मृत्युको कारण खुल्न नसकेको बताए । उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

उनको कोरोना परीक्षण हुने अस्पतालले जनाएको छ । अस्पतालका मेसु डा.हेमराज पाण्डेयले सुरुमा शवको पोष्टमार्टम गरिने र त्यसपछि परीक्षणका लागि स्वाब संकलन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्