भारतको रक्सौलमा अलपत्र नेपालीलाई नेपाल भित्रियाईयो



वीरगन्जः भारतको विभिन्न प्रदेशबाट आई रक्सौलमा अलपत्र परेका करिब ३ सय भन्दा बढी नेपालीलाई दुई देशको सरकारको समन्वयमा नेपाल भित्रियाईएको छ ।

कोरोना संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न सिमा नाका बन्द भएपछि सिमा पारी रक्सौल स्थित करिब ५० दिन देखि अलपत्रमा परेका नेपालीहरुलाई बुधबार नेपाल भित्रियाईएको हो ।
भारतको उत्तरप्रदेश, बिहार, मध्यप्रदेश, दिल्ली, जम्मु लगायतको प्रदेश र तिर्थ यात्राबाट नेपाल फर्केका उनीहरु विगत ५० दिनदेखि मोतिहारी प्रशासनले रक्सौलमा स्थापना गरेको क्वारेन्टाईनमा राखिएको थियो । दुई देशकै समन्वयमा नेपालबाट भारतीय नागरिक र भारतबाट नेपाली नागरिकलाई भित्रियाउँने सहमती भएको थियो ।

जसअनुसार रक्सौल क्वारेन्टाईनमा बसीरहेका करिब ३ सय ७७ जना नेपालीलाई आज वीरगन्जको मुख्य नाका हुदै भित्रियाईएको थियो । र यत्ताबाट १ सय ७० जना भारती नागरिकलाई भारत तर्फ पठाईएको वीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले बताए । उनले भने, सिमापारीको क्वारेन्टाईनमा ५ सयको हराहारीमा रहेका थिए तर खुल्ला सिमाना भएका कारण केहि नेपालीहरु पारीको क्वारन्टाईनमा बसेर घर फर्कि सकेका छन बाँकी मध्ये आज मुख्य नाका भएर नै फर्कन लागेका हुन ।

अब निरन्तर भारतबाट आउँने नेपालीलाई नेपाल भित्रियाउँने छौ र नेपालबाट भारत तर्फ जाने भारतीयलाई भारत तर्फ पठाउँने प्रकृया शुरु हुन्छ । लकडाउनले दुईदेशकै उद्योग कलकारखाना पूर्ण रुपमा बन्द भएपछि त्यसमा कार्यरत नेपाली र भारतीय नागरिक बिच मै अलपत्र परेका हुन् । उनीहरुलाई उद्योगि व्यवसायीहरुले खान र बस्न नदिएपछि बाध्य भएर आ आफनो देश फर्केका हुन ।

नेपाल फर्केका नेपालीलाई वीरगन्जको मुख्य नाका शंकराचार्य गेटमा पूर्ण वितरण सहित स्वास्थ्य परिक्षण गर्ने काम भईरहेको छ ।

महानगरप्रमुख सरावगीले अहिले कुन कुन जिल्लाका हुन त्यो बारे सेनाले नै तथ्यांक संकलन गर्ने काम गरीरहेको बताए । उनले भने, तथ्यांक संकलन गरीसकेपछि वीरगन्ज क्षेत्रमा बनाईएको क्वारेन्टाईनमा राख्छौ र उनीहरुको स्वास्थ्य परिक्षण गरी २-३ दिनमै यातायातको व्यवस्था गरेर घर फर्काउँने छौ ।

हाल लागि स्थापना गरिएको क्वारेन्टाईनमै उनीहरुलाई खाने र बस्ने राम्रो प्रबन्ध मिलाएका छौ यसमा कुनै प्रकारको समस्या नहुँने बताए ।

प्रतिक्रिया दिनुहोस्