डिप्रोक्स लघुवित्तको दुर्गौली शाखाद्वारा राहत प्रदान



कैलालीः डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय दुर्गौली कैलालीले जानकी गाउँपालिका-१ मा २५ हजार बराबरको राहत प्रदान गरेको छ ।

शाखाले वडा अध्यक्ष धनीराम चौधरीमार्फत २५ हजार बराबरको खाद्य सामग्री प्रदान गरेको हो । शाखा प्रवन्धक मेखराज जोशीका अनुसार जिरा मसिनो चामल १२ बोरा, २५ केजी दाल, १० लिटर तेल, १२ केजी नुन र १८ वटा डिटोल साबुन प्रदान गरिएको छ ।

कोरोनाका कारण समस्यामा परेका विपन्न परीवारलाई थोरै भए पनि राहत पुगोस भन्ने उद्देश्यले सहयोग गरिएको जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्