सुसाइड नोट लेखेर अभिनेत्री प्रेक्षाले गरिन् आत्महत्या



काठमाडौं: सोमबार बेलुकी आफ्नै घरमा अभिनेत्री प्रेक्षा मेहत्ताले आत्महत्या गरेकी छिन् ।

‘क्राइट पेट्रोल, लाल इश्क, मेरी दुर्गा’ जस्ता सिरियलमा काम गरिसकेकी कलाकार प्रेक्षाले सोमबार आत्महत्या गरेकी हुन् ।

उनले सुसाइड नोट पनि लेखेकी छिन् । उनले, आफ्ना सपनाहरु टुटेपछि आत्मविश्वास पनि हराएको लेखेकी छिन् । २५ वर्षको उमेरमा आत्महत्या गरेकी उनले सुसाइट नोटमा लेखेकी छिन्,‘म मेरो मरिसकेका सपनाको साथमा बाँच्न सक्दिनँ । यस्तो नकारात्मक कुरालाई लिएर बाँच्न मुश्किल छ । ’

गएराती उनका परिवारका सदस्यहरु तास खेलिरहेका थिए । प्रेक्षा भने एक्लै बसिरहेकी थिइन् । बेलुकी १० बजे आफ्नो कोठामा पुगेपछि उनले सामाजिक संजाल इन्स्टाग्राममा ‘मानिसको सपना मर्न थाल्नु नै सबै भन्दा खराब समय हो’ भनेर लेखेकी थिइन् ।

मंगलबार बिहान पंखामा झुन्डिएको अवस्थामा उनको लास परिवारका सदस्यले देखेका थिए । उनी मनोरञ्जनको दुनियाँमा पाइला राख्ने परिवारकै पहिलो सदस्य थिइन् ।

लक डाउनका कारण उनी मुम्बइबाट आफ्नो घर पुगेकी थिइन् । पछिल्लो एक बर्षदेखि काम नपाएका कारण उनी डिप्रेशनमा रहेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्