प्रियंकाको ‘माला’ आउँदै



काठमाडौं : प्रियंका कार्की पछिल्लो समयमा धेरै मन पराएकी नायिकामा पर्छिन् । उनको यस वर्ष आधा दर्जनभन्दा बढी फिल्म रिलिज भइसकेका छन् । प्रियंका र आर्यनको ‘माला’ आउँदैछ । सुदीप भुपाल सिंहले यस फिल्मको लेखन तथा निर्देशन गरेका छन् । यस फिल्मका कार्यकारी निर्माता शिशिर राना छन् ।

फिल्ममा प्रमोद कार्कीको छायांकन, किशोर कार्की र वनिषविक्रम शाहको सम्पादन रहेको छ । नक्षत्र फिल्मस्को ब्यानरमा यस फिल्मको निर्माण भएको छ । ‘माला’ सस्पेन्स थ्रिलर फिल्म हो । यस फिल्ममा सुमिना घिमिरे, प्रज्ज्वल सुजल गिरी, लुनिभा तुलाधर, शम्भु थापा, विद्या कार्की, सुनिता ठाकुरलगायत कलाकारको अभिनय छ ।

यस फिल्मको ट्रेलरमा नायिका प्रियंका कार्कीलाई डरलाग्दो अवतारमा देखाइएको छ । यो फिल्म आउँदो शुक्रबारबाट रिलिज हुन लागेको छ । उनले काम गरेका फिल्ममा ‘छक्का पन्जा’, ‘नाई न भन्नु ल २’, ‘पुरानो ढुङ्गा’, ‘वडा नम्बर ६’, ‘थ्री लभरस्’, ‘झोले’ लगायत छन् ।

 

प्रतिक्रिया दिनुहोस्