हङकङमा बुश रेन्जर्स टी-ट्वान्टी क्रिकेट आजबाट सुरु हुँदै



एजेन्सी : हङकङमा आजदेखि बुश रेन्जर्स टी-ट्वान्टी च्यालेन्ज क्रिकेट सुरु हुँदैछ । प्रतियोगितामा पाँच फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् । १३ दिन चल्ने प्रतियोगितामा १२ खेल हुनेछन् । फाइनल खेल जुन ८ गते हुनेछ ।

पहिलो खेलमा सी डब्लु फाइटर र कोलुन ड्रागन भिड्ने छन् । कोरोना भाईरसको महामारीको कारण विश्वभर दुई महिनाबाट क्रिकेट गतिविधि ठप्प रहेको छ । तर, केही राष्ट्रमा भने बिस्तारै क्रिकेट सुरु हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्