वागमती प्रदेशको नीति तथा कार्यक्रम पारित



काठमाडौं : वागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आज बसेको प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको हो ।

कोरोनाले पारेको असरलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्ष उत्पादनमुलक क्षेत्रमा लगानी बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेशभित्र निःशुल्क आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन हरेक स्वास्थ्य संस्थामा जनशक्ति, उपकरण र औषधिको उपलब्धता सुनिश्चित गर्ने, क्यान्सर रोग लागेका विपन्न नागरिकलाई केन्द्र सरकारले दिँदै आएको सहुलियतमा थप सहुलियत दिने नीति प्रदेश सरकारले लिएको छ ।

प्रदेशले सहिद, बेपत्ता, घाइते र अपाङ्गता भएका परवारलाई ‘द्वन्द्व पीडितका साथ प्रदेश सरकार’ कार्यक्रमअन्तर्गत सीप अभिवृद्धि र रोजगारीका अवशर उपलब्ध गराउने नीति पनि लिएको छ ।

प्रतिक्रिया दिनुहोस्