आगामी आर्थिक वर्षको बजेट भोलि ४ बजे



काठमाडौंः अर्थमन्त्री डा.युवराज खतिवडाले बिहीबार दिउँसो ४ बजे सरकारको बजेट पेश गर्ने भएका छन् ।

उनले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बिहीबार दिउँसो ४ बजे उनले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०७७-७८ को बजेट पेश गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

संयुक्त सदनमा बजेट पेश भएपछि प्रतिनिधि सभाको अर्काे बैठक बिहीवार साँझ ६ बजे बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्