जंगली जनावरले बाली नष्ट गर्न थालेपछि किसानहरु चिन्तित



जनकपुरधामः महोत्तरीको लोहारपट्टी नगरपालिकास्थित भ्रमरपुरामा जंगली जनावर घोडगदलले खेतमा पसेर बाली नष्ट गर्न थालेपछि स्थानीय किसानहरु चिन्तित बनेका छन् ।

कोरोनाको महामारी एवं विगत दुई महिना भन्दा बढि समयदेखिको लकडाउनका कारण अधिकांश व्यक्तिहरु आ-आफ्नो घरमा रहेको समयमा लगातार रुपमा ती घोडगदलहरु किसानको खेतमा पसेर बालीनालीमा क्षति पूर्याउन थालेपछि स्थानीय किसानहरु चिन्तित बनेका हुन् ।

ति घोडगदलहरु किसानहरुको खेतसम्म आएर बालिनालीलाई क्षति पुर्याईरहेको र जनावरहरु वस्ती प्रवेश गर्न थालेसँगै रातीको समयमा स्थानीयलाई बाहिर निस्कनसमेत समस्या भएको स्थानीय युवा राकेश कुमार यादवले बताए ।

उनले भने,’वनजंगलबाट बस्तीमा आउने जनावरहरुले बाली खाइदिने गरेपछि स्थानीय किसानहरु समस्यामा परेका छन् । जंगली जनावरले बालीमा पुर्याउने क्षतीका कारण धेरै किसान चिन्तामा परेका छन् ।’

प्रतिक्रिया दिनुहोस्