समस्यामा परेका र तत्कालै स्वदेश फर्किनुपर्ने अवस्था भएका नेपालीलाई तत्काल सम्पर्क गर्न दूतावासको आग्रह



काठमाडौं : बहराइनमा रहेको नेपाली दूतावासले समस्यामा परेका र तत्कालै स्वदेश फर्किनुपर्ने अवस्था भएका नेपालीलाई दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।

केही समय पहिले दूतावासले त्यहाँ रहेका नेपालीहरुको समस्या सम्बोधन गर्न अनलाइन फारम भर्न लगाएको थियो ।

अनलाइन फारममार्फत प्राप्त भएका विवरणको आधारमा तत्काल नेपाल फर्कनुपर्ने बताएका तर त्यहाँ उल्लेख भएको मोबाइल नम्बरमा सम्पर्क गर्दा उपलब्ध हुन नसकेको भन्दै समस्या परेकाहरुलाई तुरुन्त सम्पर्क गर्न दूतावासले आग्रह गरेको हो ।

Image may contain: text
प्रतिक्रिया दिनुहोस्