थप ११४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८८६ पुग्यो



काठमाडौं : थप ११४ जनामा कोरोना भाइरस पुष्टि भएको छ। बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । 

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरी बोडेबसाइनका ८, सप्तरैकै बालनबेहुल गाउँपालिकाका २ जना, सप्तरीकै सुरुङ्गा नगरपालिकाका १ गरी ११ जनामा कोरोना पुष्टि भएको छ।

त्यस्तै कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापाको कचनकबलका १५ र गौरादह नगरपालिकाका २ गरी १७ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

त्यसैगरी हेटौँडाको कीटजन्य प्रयोगशालामा गरिएको परीक्षणमा हेटौडाका १ जना, रौतहट गडीमाई नगरपालिकाका ७ जना, पोखराको प्रदेशीक प्रयोगशालामा गरिएको परीक्षणमा बागलुङका ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा रुकुमपूर्वका ३ जना, दाङ घोरहीका ७ जना, लमही नगरपालिकाका ८ जना गरी १८ जना, त्यसैगरी भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेको डुडुवा गाउँपालिकाका २ जना, राप्ती सोनारी गाउँपालिकाका ७ जना, बैजनाथ गाउँपालिकाका ६ जना र खजुरा गाउँपालिकाका १ गरी १६ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै काठमाडौंमा गरिएको परीक्षणमा ३८ जनामा संक्रमण पुष्टि भएको छ।

यो सहित नेपालमा कुल संक्रमितको संख्या ८८६ पुगेको छ। मन्त्रालयका अनुसार संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । कुल संक्रमितमध्ये हालसम्म नेपालमा ४ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये १८३ जना उपचारपछि निको भएका छन्।

प्रतिक्रिया दिनुहोस्