पूर्वी रुकुममा पहिलो पटक कोरोना पुष्टि



काठमाडौं : पूर्वी रुकुममा पहिलो पटक कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।
घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा गरिएको पीसीआर परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पूर्वी रुकुमको पुथाउत्तरगंगा गाउँपालिका वडानम्बर १४ मा १५, १८, २३ वर्षका पुरुष तथा १५ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको प्रतिष्ठानको सूचनामा उल्लेख छ ।

योसँगै नेपालको ४७ वटा जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ ।

यसैगरी आजै दाङमा थप १५ जनामा कोरोना पुष्टि भएको छ ।

घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा २ महिला र १६ पुरुषसहित जम्मा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिष्ठानले निकालेको सूचनामा उल्लेख भएअनसार, दाङको घोराही उपमहानगरपालिका वडानम्बर १८ मा २४, २५, ४० र ४२ वर्षका व्यक्तिमा कोरोना देखिएको छ ।

यस्तै, लमही नगरपालिका वडानम्बर १, २, ४, ५ र ६ नम्बर वडाका नागरिकमा पनि कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । उनीहरु लमहीकै क्वारेन्टाइनमा छन् ।

बुधबार अपराह्नसम्म नेपालका विभिन्न जिल्लाहरुमा थप १ सय १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मान्त्रालयले जनाएको छ ।

बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।

यो सहित नेपालमा कुल संक्रमितको संख्या ८ सय ८६ पुगेको छ । कुल संक्रमितमध्ये हालसम्म नेपालमा ४ जनाको मृत्यु भएको छ । साथै संक्रमितमध्ये १ सय ८३ जना उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्