देशभर हालसम्म १ लाख ५८ हजा ५ सय ५९ जनामा कोरोना परिक्षण



काठमाडौं : देशभर अहिलेसम्म १ लाख ५८ हजा ५ सय ५९ जनामा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ। पीसीआरविधिमार्फत ५८ हजार २ सय ७२ जनाको र र्‍यापिट डाइगोनोष्टिक टेष्ट (आरडिटी) मार्फत १ लाख २ सय ८७ जना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा हजार ३ हजार ५ सय ८० पिसिआरबाट नमूना परीक्षण भएको छ।

नेपालमा कुल संक्रमितको संख्या ८ सय ८६ पुगेको छ। जसमध्ये ७ सय ९६ पुरुष र ९० जना महिला छन्। हालसम्म १ सय ८३ जना उपचारपछि डिस्जार्च भएका छन् भने चार जनाको मृत्यु भएको छ।

मुलुकभर हाल ६ सय ९९ जना अस्पतालको आईसोलेसनमा छन् भने ७० हजार ३ सय ५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्