रुकुम घटनामा सरकारको बदनियत झल्कियो : कांग्रेस नेतृ संग्रौला



काठमाडौं : नेपाली कांग्रेसकी नेतृ डिला सांग्रौलाले रुकुम घटनालाई कञ्चनपुरको निर्मला पन्त प्रकरण जस्तो बनाउन खोजेको आरोप लगाएकी छन् । निर्मला हत्या प्रकरणमा जस्तै सरकारले अपराधि संरक्षण गर्न खोजेको बताइन् ।

द नेपाल टपसँगको कुराकानीमा उनले आफ्ना निकटका कार्यकर्ता जोगाउन सरकारले घटनालाई राजनीतिक रुप दिन खोजेको बताइन् । उनले भनिन् “जसरी निर्मला पन्त प्रकरणमा सरकार निरीह बन्यो अहिले रुकुमको घटना दबाउन सरकार सक्रिय छ । सरकारले आफु अनुकूल छानबिन समिति गठन गरेर घटना साम्य पार्न खोजेको छ ।”

उनले अपराधिक क्रियायाकलापमा जनप्रतिनिधि नै संलग्न हुनु लज्जास्पद भएको बताइन् । उनले भनिन् “जनप्रतिनिधिको काम के हो ? द्वन्द्व निम्त्याउने की मेलमिलाप गर्ने मानै युवाहरु उपहरण नै गर्न पुगेका रहेछन् भने पनि जनप्रतिनिधिले प्रहरीको सहयोग माग्नु पर्दैन किगाउ नै उकासेर लखेटी लखेटी मार्न ज्यानमार्न पाइन्छ ?”

आफु निकटका जनप्रतिनिको संलग्नताले सरकार घटना दबाउन आत्तिएको सुनाइन् । उनले सरकारले यो घटनाको निष्पक्ष छाबिन गर्नेमा शंका ब्यक्त गरिन् । संसदमा विषय प्रवेस गर्नुभन्दा अगाडि समिति गठन गरेको सुनाइनुले सरकारको बदनियत झल्किएको प्रष्ट पारिन् ।

आजको युगमा पनि जातिय विभेद हुनु र त्यसले हत्याको रुप लिएको दुख ब्यक्त गरिन् । वर्गीय मुक्तिका लागि माओवादीले थालेको जनयुद्धको उद्गम थलो रुकुम वर्षै पहिले छुवाछुत मुक्त जिल्ला घोषणा भइसकेको छ । गत जेठ १० गते शनिबार चौरजहारी नगरपालिका–८, सोतीका स्थानीयले जाजरकोट तर्फबाट आएका युवालाई लखेट्ने क्रममा भेरी नदीमा वेपत्ता भएका मध्य ४ जनाको शव भेटिएको छ ।

शनिबार राति रुकुम पश्चिममा दलित युवाले कथित उपल्लो जातिकी युवतीसँग बिहे गर्न जाँदा जाजरकोटका नवराज विक र उनलाई सहयोग गर्न गएका टीकाराम सुनार र गणेश बुढालोकेन्द्र सुनारको केटी पक्षको आक्रमणमा परेर मृत्यु भएको छ भने सन्दिप विक, र गोविन्द शाही अझै वेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस्