रुकुम घटना प्रकरण : थप एक जनाको शव भेटियो, दुई जना अझै बेपत्ता



काठमाडौं : रुकुम पश्चिममा भएको घटनापछि बेपत्ता तीन जनामध्ये एक जनाको शव भेटिएको छ।

भेरी नगरपालिका वडा नं ११ का लोकेन्द्र सुनारको शव घटनास्थलदेखि करीव १० किलोमिटर तल कुदु नजिक भेरी नदीको खोचमा फेला परेको जाजरकोटका प्रहरी प्रमुख (डीएसपी) किशोर श्रेष्ठले बताए।

भेरी नगरपालिका वडा नं ११ कै गोविन्द शाही र वडा नं ४ का सन्दीप विक अझै बेपत्ता छन्। भेरी नगरपालिका–४ का नवराज विक र गणेश बुढा, चौरजहारी–८ का टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको छ।

हराइरहेका युवाहरुको खोजीका लागि हिजोबाट भेरी नदीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन गरिएको छ।

अन्तरजातीय विवाह र प्रेमको विषयलाई लिएर गत शनिबार जाजरकोटका युवालाई रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका–८ सोतीमा स्थानीयले लखेटेर हत्या गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्