कति जिल्लामा फैलियो कोरोना ? (विवरणसहित)



काठमाडौं : नेपालका ७७ जिल्लामध्ये ४७ जिल्लामा कोरोना भाइरस फैलिएको छ । आजसम्म ४७ जिल्लामा कोरोना भाइरस संक्रमित मानिस भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मंगलबारसम्म ४६ जिल्ला रहेकामा आज रुकुम पूर्वमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाभाइरस संक्रमण ४७ जिल्लामा पुगेको हो ।

बुधबारमात्रै ११४ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कूल संक्रमितको संख्या ८८६ जना पुगेको छ। पहिलोपटक नेपालमा एकैदिन संक्रमित हुनेको संख्या १०० नाघेको हो

यस्तै १८३ जना निको भएका छन् । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ ।

विवरण:

प्रतिक्रिया दिनुहोस्