आफ्ना सेनालाई युद्धको लागि रहन चिनियाँ राष्ट्रपतिको आदेश



एजेन्सी : चिनियाँ राष्ट्रपति सी जिनपिङले भारतीय सेनासँग लद्दाखलगायत सीमा क्षेत्रमा तनाव बढेपछि आफ्ना सेनालाई युद्धको लागि तयार रहन आदेश दिएका छन् ।

चिनियाँ सत्तारुढ कम्युनिस्ट पार्टीका नेता सीले देशको सार्वभौमसत्ता रक्षाका लागि जस्तो सुकै अवस्थाको पनि सामना गर्न तयार रहन यस्तो आदेश दिएका हुन् ।

यसैगरी, राष्ट्रपति जिनपिङले सेनालाई खराब अवस्थाबारे सोच्नुपर्ने समेत बताएका छन् ।

सीमाक्षेत्रमा भारतीय सेनासँग तनाब बढिरहँदा चिनियाँ राष्ट्रपतिले बारम्बार सीमा क्षेत्रमा भनाभन र झडपको स्थितीमा युद्ध गर्नुपर्ने स्थितीको पनि सामाना गर्नुपर्ने बताएका छन् ।

गत मार्चयता चिनियाँ सेना र भारतीय सेनाबीच कैयौँ पटक भनाभन र झडप समेत भएको छ । यसबीचमा चिनियाँ सेनाले सीमाक्षेत्रमा बंकर बनाउने तयारी गरेको छ भने भारतीय सेनाले गस्ती बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्