नयाँदिल्लीमा नेपाली चेली अदितिको ‘जलबा’



काठमाडौं : भारतमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस सुपर मोडल ग्लाब २०१९’मा नेपालले ठूलो सफलता हात पारेको छ । नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी अदिति अधिकारीले ‘सेकेन्ड रनरअप’ र ‘मिस फेसन मोडल’ को दुई महत्वपूर्ण उपाधि पाउन सफल भएकी छिन् ।

नयाँदिल्लीमा केही दिनअगाडि सम्पन्न प्रतियोगितामा नेपाल, भारत, चीन, बंगलादेशलगायत १६ देशका सुन्दरी सहभागी थिए । नेपाली कलासंस्कृतिले भरिएका विभिन्न पोसाकसमेत प्रस्तुत गरेकी अदितिले प्रतियोगिताबाट आफूले धेरै कुरा सिक्न पाएको बताइन् ।

१८ वर्षीया अदिति नेक्स्ट मोडल नेपाल आयोजक रहेको ‘मोडल हन्ट नेपाल २०१८’ की विजेता हुन् । यस प्रतियोगितामा शीर्ष उपाधि मिस रसिया तातियाना र फस्ट रनरअप मिस फिलिपिन्स पाउलिनले जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्