भारत र चीनको समस्या समाधान गर्न अमेरिका इच्छुक रहेको ट्रम्पको भनाइ



एजेन्सी : भारत र चीनबीच सीमामा तानातान जारी छ । दुई देशबीच बढिरहेको तनावलाई साम्य पार्न अमेरिका इच्छुक रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

उनले चीन र भारतबीच देखिएको सीमा विवादको समाधानका लागि अमेरिका मध्यस्थता गर्न तयार रहेको बताएका हुन् ।

बुधबार ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले दुबै देशलाई अमेरिकाले मध्यस्थता गर्न चाहेको मात्र नभई समस्या समाधान गर्न पनि सक्षम भएको जानकारी गराइसकेको बताएका छन्।

पछिल्लो समय लद्दाख र सिक्किममा चीन र भारतका सैनिकहरूबीच धकेलाधकेल र झडपसमेत भएका विवरणहरू सार्वजनिक भइरहेका छन्।

भारतीय सञ्चारमाध्यमहरूले सन् १९९९ को कार्गिल युद्धपछि पहिलो पटक लद्दाखमा चिनियाँ सैनिकसँग तनाव तीव्र भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्