गणतन्त्र दिवस तीन दिन दीपावली गरी मनाउन सरकारको आह्‍वान



काठमाडौं : सरकारले यस वर्ष पनि तीन दिन गणतन्त्र दिवस मनाउन आह्वान गरेको छ। गृह मन्त्रालयले बुधबार दिउँसो सूचना जारी गर्दै जेठ १४, १५ र १६ गते साँझ दीपावली गरी गणतन्त्र दिवश मनाउन आह्‍वान गरेको हो ।

मन्त्रिपरिषदको १२ जेठको निर्णय अनुसार संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालय, गैरसरकारी कार्यालय, आम नागरिक एवं विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासहरुलाई १४, १५ र १६ जेठमा साँझ दीपावली गरी गणतन्त्र दिवस मनाउन विज्ञप्तिमा भनिएको छ ।

तीन दिन दीपावली गरी गणतन्त्र दिवस मनाउने

प्रतिक्रिया दिनुहोस्