सेती अस्पतालको आइसोलेसनमा मृत्यु भएका पुरुषको रिपोर्ट आयो



धनगढीः सेती अस्पतालको आइसोलेसनमा मृत्यु भएका पुरुषको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

गौरीगंगा नगरपालिका ७ का ५५ वर्षिय पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।

कैलालीको गौरीगंगा नगरपालिका ७ का ती पुरुष भारतबाट मंगलबार आएका थिए । नाकामै जाँच गर्दा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सिधै सेती अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

उनमा मृगी (चक्कर लाग्ने र मुखबाट फिज आउने समस्या) रहेको अस्पतालले जनाएको छ । केही बेरपछि शव परिवारलाई जिम्मा लगाउने अस्पतालको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्