सेनाले खरिद गरेका स्वास्थ्य सामग्री लिन वाइडबडी विमान चीन उड्यो



काठमाडौं : नेपाल एअरलाइन्सको वाइडबडी विमान चीनको ग्वान्झाओतर्फ प्रस्थान गरेको छ।

नेपाली सेनाले चीनसँग खरिद गरेको स्वास्थ्य सामग्री ल्याउन आज साझँ ग्वान्झाओ उडेको नेपाल नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए।

उनका अनुसार भोलि बिहान स्वास्थ्य सामग्री बोकेर विमान आउने छ। उक्त जहाजमा २८ टन भन्दा धेरै स्वास्थ्य सामग्री आउन लागिएको हो।

प्रतिक्रिया दिनुहोस्