लकडाउनका कारण गुजरातमा मात्रै ३० हजार बिवाह स्थगित



एजेन्सी : विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण भारतको गुजरात राज्यमा मात्रै कम्तीमा तीस हजार बिवाह स्थगित गरिएका छन् । कोरोनाको सङ्क्रमण फैलिन लागेपछि सरकारले देशव्यापी लकडाउन घोषणा गरेकाले उनीहरुको बिवाह स्थगित भएको हो ।

पछिल्लो दुई महिनामा मात्रै यती धेरै बैवाहिक कार्यक्रम स्थगित भएको बैवाहिक कारोबार गराउने संस्थाहरुले जनाएका छन् । “गुजरात प्रदेशभरीमा मात्रै पछिल्लो दुई महिनामा मात्रै कम्तीमा तीस हजार बिवाह स्थगित भएका छन्,” होटल तथा रेस्टुरेन्ट एसोसिएसन गुजरातका प्रवक्ताले भने ।

प्रवक्ता अभिजित देशमुखका अनुसार मार्च र अप्रिल नै बिवाहका धेरै कार्यक्रम हुने महिना भएपनि धेरै बिवाह स्थगित भएका छन् ।तर कतिपय युवा युवतीले भने सरकारको मापदण्डलाई पालना गर्दै यस अवधिमा पनि विवाह गरेका छन् ।

सरकारले ५० जना मात्रै मानिस सहभागी गराएमा र आधारभूत स्वास्थ्य सतर्कताहरु अपनाएमा मात्रै बैवाहिक कार्यक्रम गर्न दिने व्यवस्था गरेको छ । सरकारले यही १८ मे देखि लकडाउनलाई केही खुकुलो बनाएको भएपनि बैवाहिक कार्यक्रमका लागि भने गाह्रो नै रहेको व्यवसायीहरुको भनाई छ ।

“मानिसहरुले अहिले धमाधम बैबाहिक कार्यक्रम स्थगित गर्दै अर्को लगनको समयको प्रतिक्षा गरेका छन्, अव डिसेम्बर र जनवरीमा मात्रै बिवाह हुनसक्ने देखिएको छ,” एक व्यवसायीले भने । सरकारले लागु गरेको मापदण्ड पुरा गरेर मात्रै बिवाह गर्न निकै कम जोडीले मात्रै गरेका छन् । अति बाध्यात्मक अवस्थामा रहेका बाहेक अधिकांशले प्रतिक्षा नै गरेको पाइएको छ ।

आफ्नो विवाहको फोटो र भिडियोमा मुखमा मास्क लगाएको, हातमा पञ्जा लगाएको र आफन्तहरुको न्युन सहभागीता भएको कसले चाहन्छ र ? त्यसैले अत्यावश्यक बाध्यता परेका बाहेक अन्यले प्रतिक्षा गरेको हुनसक्ने बैवाहिक कार्यक्रम गराउने व्यवसायीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा

काठमाडौं । निर्वाचन आयोगले सरकारले तोकेको वैशाख १७ र २७ गतेको प्रतिनिधिसभा निर्वाचनको सम्बन्धमा राजनीतिक

बर्दिया । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली सानो गुटको सानो नेता भएको

काठमाडौं । प्रतिनिधि सभा विघटन मुद्दाबारे सर्वोच्च अदालतमा आइतबार भएको सुनवाइ सकिएको छ । सुनवाइ

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओली कमरेड नभएर प्रतिक्रान्तिकारी

काठमाडौं । संसद विघटनविरुद्ध परेका रिटमाथिको विषय केन्द्रित बहसमा सामेल भएका वरिष्ठ अधिवक्ता तथा संविधानविद्

काठमाडौं । नेकपा प्रचण्ड पक्षका अभ्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले संविधानमाथि प्रहार गरेकोले

रौतहट : कठ्याग्रिँदो जाडो र शीतलहरका कारण रौतहट, बारा, पर्सालगायत मध्यतराईको जनजीवन थप कष्टकर बन्दै

काठमाडौं : भारतमा कोरोना भाइरविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ । त्यसमध्ये पनि

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।समूह ‘ए’को खेलमा

काठमाडौं : नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले आफूलाई ‘केटो’ भनेर सम्बोधन गर्ने

काठमाडौं : आज २४० कोरोना संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु भएको छ ।