संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेस प्रवक्ता शर्माको माग



काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन माग गरेका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकको कार्यसूचीबाट संविधान संशोधन प्रस्ताव हटेसँगै प्रवक्ता शर्माले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन माग गरेका हुन्।

कार्यसूचीबाट संविधान संशोधन प्रस्ताव हटेसँगै मंगलबारको सर्वदलीय बैठकमा कांग्रेसको आग्रहमा संविधान संशोधन प्रस्तावको कार्यसूची हटेको भन्दै समाचार सार्वजनिक भएपछि प्रवक्ता शर्माले आपत्ति जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्