बलिउडमा ९ वर्ष संघर्ष गरेकी यी अभागी अभिनेत्रीको दर्दनाक कथा !



एजेन्सी : बलिउड फिल्म ‘आशिकी’ बाट रातारात स्टार बनेकी अभिनेत्री अनु अग्रवाल धेरै समयदेखि फिल्मी दुनियाँबाट टाढा रहेकी छिन् । फिल्म छोडेपछि उनले धेरै खराब दिनहरुको सामना गर्नुपर्यो ।

धेरै वर्षपछि उनी एक इभेन्टमा नजर आइन् । विशेष फिल्म्सको ३० औ एनीभर्सरीमा उनी देखिएकी थिइन् । उनको लुक, स्टाइल सबै बदलिएको छ । सबै यति बदलिएका छन् कि उनलाई पहिचानमा नै आउन चाहिनन् ।

पहिलो फिल्ममा सफलता पाएपछि उनले बलिउडमा ९ वर्ष सम्म संघर्ष गरिन् । तर, उनलाई सफलता भने हात लागेन । उनको जीवनमा एउटा यस्तो मोड आयो कि उनको पुरै जीवन अन्धकारर जस्तै बन्न पुग्यो । उनले चाहेर पनि फिल्मी दुनियाँमा फर्कन सकिनन् ।

उनको खोज खबर हुनै बन्द भयो ।

सन् १९९९ मा अनु अग्रवाल ठुलो दुर्घटनामा परिन् । यो उनको जीवनमा सबैभन्दा दर्दनाक अवस्था रह्यो । उनी २९ दिनसम्म कोमामा रहेकी थिइन् । यस पश्चात उनको स्वास्थ्यमा क्रमिक सुधार आयो तर उने पुराना कुरा सबै बिर्सिसकेकी थिइन् । उनले बलिउडलाई अलबिदा गरिसकेकी थिइन् ।

तर, एक दिन थाहा भयो कि उनी फिल्मी दुनियाँदेखि धेरै पर बिहारस्थित मुंगेर इलाकामा आफ्नो जिन्दगी बिताइरहेकी छिन् । आज उनी बिहारका मानिसहरुलाई योगा सिकाउने काम गर्छिन् ।

प्रतिक्रिया दिनुहोस्