जब रेखालाई सासुले चप्पलले हानिन्…



एजेन्सी : बलिउडकी कुनै समयकी चर्चित अभिनेत्री हुन् रेखा । उनले आफ्नो जीवनमा धेरै उतारचढाव देखिन् । अमिताभ बच्चनसँगको ब्रेकअपपछि उनको जीवनमा आएका थिए बिनोद मेहरा ।

विनोद मेहरा पनि आफ्नो लबलाइफदेखि विरक्त भएका थिए भने रेखा पनि मन बहलाउन नयाँ माहौलको खोजीमा रहेकी थिइन् । यसै क्रममा उनको भेट विनोदसँग हुन पुग्यो ।

दुवै आफ्ना समस्याका कारण नजिकिन पुगे । अन्ततः उनीहरु अलग्गिएर बस्न सकेनन् । उनीहरुले मन्दिरमा विवाह गरे । तर, बिनोद पहिला नै विवाहित थिए । यसको जानकारी रेखालाई पनि थियो ।

तर, रेखाले थाहा पाइपाई पनि विवाह गरिन् । जब बिनोदले उनलाई आफ्नो घरमा लिएर गए तब विनोदकी आमाले रेखालाई अपमान गरिन् । उनले आफ्नो खुट्टा ढोग्न दिइनन् भने हात हालाहालको अवस्था समेत सिर्जना हुन पुग्यो ।

विनोदले रोक्दै गर्दा आमाले रेखालाई चप्पलले नै हानिन् । त्यसपछि उनीहरु अलग्एिर बस्न थाले । बिनोद मेहराको ४५ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्